मध्यविन्दु नगरपालिकामा जिल्लाकै पहिलो स्तनपान कक्ष स्थापना

कोहलपुर, फागुन २६,

नारी दिवसको अवसरमा मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ ।

नवलपुर जिल्लामा नै पहिलो स्तनपान कक्षको रुपमा मध्यविन्दु नगरपालिकाले आफ्नो कार्यालयमा कक्षको स्थापना गरिएको हो । नगरपालिकामा कामको शिलसिलामा आउने स्तनपान गराउनु पर्ने वच्चा भएका महिला कर्मचारी र सेवाग्राहीका लागि सहज होस भनि छुट्टै स्तनपान कक्षको व्यवस्था गरिएको मध्यविन्दु नगपालिकाले जनाएको छ ।

मध्यविन्दु नगरपालिकाको नया वनेको भवनको भुइ तलामा स्तनपान कक्ष स्थापना गरिएको छ । नगरपालिका कार्यालयमा स्तनपान कक्ष स्थापना भएपछि वालवच्चा हुने महिलालाइ सहज हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *