हुम्लाको अदानचुली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेन

कोहलपुर, फागुन २६,

हुम्लाको सात वटा गाउँपालिका मध्ये अदानचुली गाउँपालिकामा अहिले सम्म पनि सामाजिक सुरक्षा भत्ता वितरण नभएको पाइएको छ ।

६ वटा गाउँपालिकाले ढिलै भएपनि पहिलो चौमासिकको वितरण गरेका छन् भने अदानचुलीमा पहिलो चौमासिकको समेत वितरण नभएको पाइएको हो । जसको रकम उसको हातमै उपलब्ध गराउने भन्दै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता तथा बाल अनुदान रकममा पर्ने जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यतिmका साथै बालबालिकाको हकमा आमाको नाममा खाता खोल्न निर्देशन दिएको छ ।

कसैले खाता खोलेका छन् भने कसैले हातैमा दिनु पर्ने माग गर्दै खाता नखोले पछि गत वर्षमा सबैको हात, हातमा नै रकम दिईएको थियो । आर्थिक वर्ष २०७६÷७७ को आठ महिना वित्नै लाग्दा पनि हातमा भत्ता परेको जेष्ठ नागरिकले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *