पूर्वी पहाडमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

कोहलपुर, फागुन २६,

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन ।

अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति देशभर मौसम सफा रहने महाशाखाले जनाएको छ ।

भोली दिउँसो देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *