सोमबार होली, उत्सवको रुपमा नमनाउन सरकारको निर्देशन

कोहलपुर, फागुन २६,

मंगलबार फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । फागुन २७ गते सोमबार तराईका जिल्लामा होली मनाईने भएको छ । अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष होलीको रौनक छैन । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि जोखिम कम गर्न भन्दै सरकारले यसपटकको होलीलाई उत्सवका रूपमा नमनाउन भनेको छ ।

ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले होलीका दिनमा समेत यसपटक सामूहिक रूपमा भेला हुने, भीडभाड गर्ने, लोला पानी हान्ने, रङ दल्ने लगायत गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । गृह मन्त्रालयले शनिबारै विज्ञप्ति निकालेर यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *