कुञ्ज नाटक घरमा हुर्रेको रौनक

कोहलपुर, फागुन २६,

राजधानी काठमाण्डौको थापागाउँमा रहेको कुञ्ज नाटक घरमा भरिभाउ थियो । दर्शकहरुले भरिभराउ भएको नाटक घरमा ६ वर्षदेखि १४ वर्षसम्मका लालाबालाहरूले दुई नाटक प्रस्तुत गरे । रगकर्मी टंक चौलागाईँको लेखन र निर्देशनमा “हुर्रे“ र रंगकर्मी प्रकेश सिन्धुलीयको लेखन, निर्देशनमा ‘महाराजको दाम्मी लुगा’ नाटक मञ्चन भएको थियो ।

उपस्थित दर्शक, विध्यार्थी, पत्रकार र रङ्गकर्मीहरू र अभिभावकले कुञ्ज थिएटर भरिभराउ थियो । हुर्रे नाटक एकजना ड्रेस र मास्क डिजाइनरको घरको कथावरपर घुमेको छ । जुँगे दाइको घरमा उनका छोराछोरीसँग खेल्न भनेर टोलभरिका केटाकेटीहरु जम्मा हुन्छन् । पहिलापहिला बच्चा देख्नासाथ जंगिने रिसाहा घरबेटी एकाएक बच्चाहरुसँग नजिकिन्छन् र कथा अघि बढ्छ ।

त्यस्तै ‘मौसुफको दाम्मी लुगा’ चर्चित डेनिस लोककथामा आधारित छ भने सो कथालाई प्रकेश सिन्धुलीयले परिमार्जन गर्दै वर्तमान परिप्रेक्ष्यमा ढाली लेखन र निर्देशन गरेका हुन् । देखावटीपनमा डुबेका अति महत्वकांक्षी राजाले फरक र महँगो लुगा लगाउने भन्दा नराम्ररी ठगिन्छन् तर आफू ठगिएको थाहा नपाएकाले नदेखिने लुगा हो भनेर नाङ्गै जात्रामा निस्कन्छन् । र त्यसपछिका घटनाक्रमलाई अझ रोचक बनाउँदै फरक ढंगले प्रस्तुत गरेका छन् सिन्धुलीयले ।

रङ्गमञ्च, टेलिभिजन र फिल्मका लागि प्रोफेसनल बालकलाकार तयार गर्ने र बालबालिकाको चौतर्फी विकासमा टेवा पुर्याउने उद्धेश्यले सुरु भएको लालाबाला कार्यशालाको तेस्रो वर्षका लालाबालाहरुले नाटकहरु प्रस्तुत गरेका हुन् । यस पटक पनि लालाबाला अभिनय कक्षा वानेश्वरको प्रज्ञा कुञ्ज स्कुलको हल र मैदानमा करिब चार वर्ष अघिदेखि हरेक शनिबार चलिरहेको छ । लालाबालाको पहिलो ब्याचले कुञ्ज थिएटरमा नाटक प्रस्तुत गरेको थियो । ‘हिरोज डोन्ट कम’, त्यसको लेखन र निर्देशन गरेका थिए प्रकेश सिन्धुलीयले । सो नाटक पोल्याण्ड, बेलारुस र बंगलादेशमा समेत प्रदर्शन गरिएको थियो भने बेलारुसमा चार वटा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित पनि भएको थियो ।

त्यस्तै दोस्रो ब्याचमा करिब ४० जना लालाबालाहरूले र शिल्पी थिएटरमा दुई नाटक मञ्चन गरेका थिए । नाटक ‘कालु र बाघ’ मा लेखन थियो टंक चौलागाईँको । सो नाटकलाई निर्देशन गरेका थिए रङ्गकर्मी प्रल्हाद खरेलले भने ‘आइ वान्ट टु वी श्रवणकुमार’ को लेखन र निर्देशन गरेका थिए प्रकेश सिन्धुलीयले ।

तेस्रो ब्याचको दीक्षान्तसम्म आइपुग्दा लालाबाला टोलीले पोल्याण्ड, बेलारुस, अष्ट्रेलिया, बंगलादेश, स्लोभाकिया, जर्मन, भारत लगायतका देशहरूमा अन्तर्रा्ष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । अन्य युरोपेली देशहरुबाट पनि निम्तो आएकाले त्यसको तयारी पनि भइरहेको स्कुल थिएटर नेपालका संस्थापक निर्देशक टंक चौलागाईँले बताए ।

‘हुर्रे’ र ‘मौसुफको दाम्मी लुगा’ नाटकको मञ्चनपछि प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा स्कुल थिएटर नेपालका संस्थापक निर्देशक टंक चौलागाईँले अब स्कुल थिएटर नेपालले लालाबालाको टिभी रियालिटी शोको तयारी गरिसकेको जानकारी गराएका छन् । नेपालको लागि बालबालिकाको अभिनय रियालिटी शो निकै नौलो र नेपाली स्वादको र मौलिक हुने चौलागाईँको दाबी छ र त्यसको नाम पनि ‘लालाबाला’ मै आधारित हुने बताइएको छ ।

स्कुल थिएटर नेपालले यसअघि दुईवटा अन्तर्रा्ष्ट्रिय नाटक महोत्सवको सफल आयोजना गरिसकेको छ । आगामी वर्ष पनि जेठ महिनामा तेस्रो लालाबाला अन्तराष्ट्रिय नाटक महोत्सव हुँदैछ जसमा १६ वटा देशबाट कलाकारहरू नेपाल आउनेछन् भने सोही समयमा केही विशेष थिएटर वर्कशप पनि हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *