कोरनाबाट बच्न दंगीशरणले सभा सम्मेलन नगर्ने

दिप्तीशिखा चौधरी, दंगीशरण,
कोहलपुर, फागुन २६,

दंगीशरण गाउँपालिकाले कोरोना भाईरस संक्रमण हुन बाट बच्नका लागि धेरै मानीस सहभागि हुने, जमघट हुने जस्ता कार्यक्रम, सभा, सम्मेलन नगर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बैठक बसि दंगीशरण गाउँवासी आम जनसमुदायलाई सचेत रहन भेला भोजभतेर जस्ता कार्यमा सहभागि नहुन आग्रह गरेको छ । साथै आफनो परिवार, समाजमा सरसफाईमा ध्यान दिन समेत आग्रह गरिएको छ । साथै यस रोगको संक्रमण बाट बच्नका लागि जनचेतनामुलक कार्यक्रम अगाडि बढाउँन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ ।

यसैबिच दंगीशरण गाउँपालिका शिक्षा शाखाले २०७६ को बार्षिक परीक्षा यहि चैत्र ५ गते भित्रमा सक्ने गरी निर्णय गरेको छ । दंगीशरण गाउँपालिका शिक्षा शाखा र गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुको प्रधानाध्यापकहरु बिचको छलफलले ५ गते सम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो । कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा लाई समयमै संचालन गरेर बिद्यालय बन्द गरिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । साथै छलफलले कक्षा ८ को परिक्षाको समय तालीका सार्वजनीक गरेको छ । समय तालिका अनुशार विधार्थीहरुले फाल्गुन २८ गते अंग्रेजी विषयको परिक्षा दिनेछन ।

२९ गते नेपाली, ३० गते गणित, चैत्र १ गते विज्ञान तथा वातावरण, २ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा, ३ गते पेशा व्यवसाय र प्रविधि शिक्षा, ४ गते स्वास्थ्य तथा शारीरीक शिक्षा र नैतीक शिक्षा, ५ गते ऐच्क्षिक÷स्थानीय ÷कम्प्यूटर ÷ गणित बिषयको परिक्षा दिनेछन् । विभीन्न देशहरु मा फैलीएको कोरोना भाईसरबाट सजक हुनका लागि बार्षिक परिक्षा पछि बिधालय बन्द गरीने शिक्षा शाखा प्रमुख अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *