बागलुङको उपल्लो भागमा वर्षासहित बाक्लो हिमपात

कोहलपुर, फागुन १६,

बागलुङको उपल्लो भागमा वर्षासहित भएको बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

लगातारको हिमपात र चिसोले ढोरपाटन नगरपालिका ९ चिसापानीस्थित ज्योती आधारभुत बिद्यालयको पठनपाठन प्रभावित भएको छ । फागुन महिनामा मात्रै ३ पटक हिमपात भएपछि आगामी २७ गतेबाट नगरपालिकाभित्र सञ्चालन हुने वार्षिक परीक्षासमेत प्रभावित हुने सम्वाभना रहेको छ । गाँउदेखि विद्यालयसम्म हिउँ भएको र विद्यार्थी विद्यालय जान सक्ने अबस्था छैन ।

विद्यालयले पुस १५ गतेदेखि फागुन ३ गतेसम्म वर्षे विदा दिएको थियो । अन्य विद्यालयले वर्षे विदा दिँदा सो विद्यालयले भने जाडो बिदा दिदै आएको छ । परीक्षाको समयमा विद्यार्थीले परीक्षा दिनबाट वञ्चित नहुनका लागि अभिभाकहरुलाई सहयोग गरिदिन बिद्यालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *