नेपालकै दोस्रो सडक मानव मुक्त गाउँपालिका घोषणा

कोहलपुर, फागुन १६,

दाङको राप्ती गाउँपालिका नेपालकै दोस्रो सडक मानव मुक्त गाउँपालिका घोषणा भएको छ ।

एक समारोहका बीच प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बरालले गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गर्नुभएको हो । दाङको गाउँपालिका बाँकेको खजुरा गाउँपालिका पछिको दोस्रो मानवमुक्त गाउँ पालिका भएको छ ।

गाउँपालिका क्षेत्रका विभिन्न बजार क्षेत्रबाट सडकमा रहेका असायह,अभिभावकविहीन र आफन्तजनबाट टाढिएकाहरुले सडकलाई नै आश्रयस्थल गराएकाहरुको लागि अयियान नै संचालन गरेर उद्धार गरिएपछि गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषण गरिएको हो । घोषणासभामा प्रदेश ५ का सामाजिक विकास मन्त्रि बरालले अब कसैले सडकलाई घर बनाउनु नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *