माटोको ढिस्कोले पुरिएर ३५ बर्षिया विष्टको मृत्यु

कोहलपुर, फागुन १६,

बाजुराको बुढीनन्दा नगरपालिकामा आज माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ ।

बुढीनन्दा नगरपालिका वडा नम्बर दुई बस्ने पान्सा विष्टको गिट्टी जम्मा गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको आफन्तले बताएका छन् । वडा नम्बर दुईको पनेरा भन्ने स्थानमा गिट्टी निकाल्न गएका बेला माथिबाट खसेको ढिस्कोले पुरिएर ३५ बर्षिया विष्टको मृत्यु भएको हो ।

माटोको ढिस्कोमा पुरिए पछि उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएको केहिबेरमा मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *