अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान

कोहलपुर, फागुन १६,

जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराएको छ ।

आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरंग विभागमा सोझै अक्सिजन पु¥याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गरिएको हो । जापानी राजदुत मासामिची साइगोले एक कार्यक्रमका विच हिजो उक्त प्रविधि हस्तान्तरण गर्नुभयो । जापान सरकारको ग्रासरुट ह्यूमेन सेक्यूरिटी प्रोजेक्ट जिजिपी मार्फत् ९९ लाख ६२ हजार १ सय ३८ रुपैयाँ लागतमा उक्त अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गरिएको हो ।

‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडानका लागि गत बर्ष नै सम्झौता भएको थियो । जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान भएपछि शल्यक्रिया र जटिल रोगका बिरामीलाई तत्कालै धरान र बिराटनगरका अस्पताल पठाउनु पर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *