कोहलपुरमा सत्यालको रचना वाचनसँगै ठकुरीलाई सम्मान गरिने

कोहलपुर, फागुन १४,

बाँकेको कोहलपुरमा स्रष्टा सम्मान कृति विमोचन तथा एकल रचना बाचन कार्यक्रम हुने भएको छ ।

कोहलपुर नगरपालिकाको सहयोग तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा कवि सुदेश सत्यालको एकल रचना वाचन रहने हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए ।

कार्यक्रममा साहित्यकार माया ठकुरीलाई सम्मान गरिने छ । फागुन २४ गते हुने आयोजकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *