दङ्गिशरणमा रनिङ शिल्ड जारी, माबी मधपुर को अग्रता

लक्ष्मण बस्नेत तुल्सिपुर
कोहलपुर, फागुन १४,

मा.बि.मधपुर बिरेन्द्र माबी हेकुलिको खेलमैदान मा जारी दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को अग्रस्थानमा रहेको छ ।

दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र माबी हेकुलिको को संयोजनमा संचालित प्रतियोगिता को दोस्रो दिन सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड का आठ ईभेन्ट्स मा ५ स्वर्ण, र ४ कास्य पदक हात पार्दै मा.बि. मधपुरले अग्रता कायम राख्न सफल भएको हो । त्यस्तै साबिक बिजेता सिद्ध पृथ्वी माबी श्रीगाउँ ४ स्वर्ण,२ रजत र १ कास्य पदक साथ दोस्रो स्थान मा रहदा ज्ञानोदय माबि ४ स्वर्ण,२ रजत पदक का साथ तृतिय स्थान मा रहेको छ भने बिरेन्द्र माबि २ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित चौथो स्थान मा रहेको प्रतियोगिता का सचिवालय सदस्य प्रदिप चन्द ले जानकारी दिनु भएको छ ।

प्रतियोगिता अन्तरगत बुधबार भलिबल छात्र सेमिफाइनल तथा फाईनल र कबड्डी छात्र रछात्रा फाइनल तथा तृतिय स्थानका लागि खेल हुनेछ्न् । कबडिको छात्र तर्फ ज्ञानोदय माबी र सिद्ध पृथ्वी त्यस्तै छात्रा तर्फ बिरेन्द्र माबी हेकुली र भानु माबी परसडुवा भिड्नेछ्न !खेल बिहान ८ बजे पछि हुनेछ । यसैबिच प्रतियोगिता को समापन बुधबार नै गरिने आयोजक दङ्गिशरण गाउँपालिका ले जानकारी दिएको छ । उसले प्रतियोगिता समापन समारोह मा उपस्थिती का लागि राजनितिक दल, खेलप्रेमी,खेलाडी, पत्रकार लगाएत सबैमा अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *