सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा नव जनजागृति र थ्री स्टार खेल्दै

कोहलपुर, फागुन १४,

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा सिमराको नव जनजागृति कल्ब र ललितपुरको थ्री स्टार कल्बबीच प्रतिस्पर्धा हुँदैछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चौंथो भएको थ्री स्टारले प्रतियोगितामा बाई पाएर सिधै क्वाटरफाइनलमा जनजागृतिसँग खेल्न लागेको हो । कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने थ्री स्टार र जन जागृतिबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगितामा सहभागी तीन ‘ए’ डिभिजन क्लबमध्ये थ्री स्टार बलियो टिम हो । जनजागृतिविरुद्ध थ्री स्टारले सहज रुपमा जित निकाल्ने अनुमान गरिएको छ ।

बुटबलको सुनौलो संगम क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको जनजागृतिले थ्री स्टारलाई कडा चुनौती दिने अनुमान गरिएको छ । यस अघि भएको पहिलो क्वाटरफाइनलमा भारतको कञ्चनजङ्घा एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक सुदूरपश्चिम–११ अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *