खानीडाँडा विमानस्थलमा गरिएको परीक्षण उडान सफल

कोहलपुर, फागुन १४,

मनमायाँ राई खानीडाँडा विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको छ ।

पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले हिजो गरेको परीक्षण उडान सफल भएको हो । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा छोटो दुरीमा पर्ने खानीडाँडा विमानस्थल वि.सं. २०७५ साल जेठ १ गते दिउँसो गएको पहिरोका कारण अवरुद्ध भएको थियो ।

विमानस्थलबाट जिल्ला अस्पताल दिक्तेलबाट रिफर गरिएका बिरामीलाई अन्यत्र लैजान सहजताका लागि हप्तामा दुई पटक उडान नियमित उडान गरिने छ । पहिरोले अवरुद्ध विमानस्थल प्राधिकरणको पाँच करोड ३९ लाख ४३ हजार ३५ रुपैयाँ ८८ पैसा लगानीमा मर्मत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *