हिँउका कारण तेह्रथुम र संखुवासभामा जनजीवन प्रभावित

कोहलपुर, फागुन १४,

तेह्रथुम र संखुवासभामा वर्षासँगै परेको हिँउका कारण डाँडाकाँडा सेताम्मे भएका छन् ।

तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका डाँडाकाँडा सेताम्मे भएपछि पर्यटकहरु प्नि आउन थालेका छन् । हिमपात सुरु भएसँगै जनजीवन प्रभावित भएको छ । तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकिएको छ ।

हिमपातका कारण उच्च क्षेत्रका बस्तीका बासिन्दा घरबाहिर समेत निस्कन सकेका छैनन् । सामान्य वर्षासँगै हावाहुरी चलेपछि त्यस क्षेत्रका बृद्धबृद्धा, गर्भवति तथा सुत्केरी महिला, बालबालिकाहरु बढी प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *