वीरेन्द्रनगर नगरपालिकामा प्रविधिमैत्री अवधारणमा काम सुरु

कोहलपुर, फागुन १४,

दिने सेवा घरघरबाट, सरकारी काम कम्प्युटरबाट भन्ने नाराका साथ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले प्रविधिमैत्री नगरको अवधारणालाई अघि सारेको छ ।

एकीकृत सफ्टवेयरका माध्यमबाट कर प्रणाली, बजार निगरानी बढाइएको छ । प्रविधिको प्रयोग बढाउने र सेवाग्राहीलाई सुविधा दिने उद्देश्य नगरपालिकाले राखेको छ । त्यसअन्तर्गत घरैमा बसी इसेवाबाट विभिन्न महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ भने चालु आर्थिक वर्षमा नगर कार्यपालिका कार्यलय हाताभित्र डिजिटल नोटिस बोर्डको सुरुवात गरिएपछि सहज भएको स्थानीयले बताएका छन् ।

मोवाइल एसएमएस सेवाको सुरुवात गरेको नगरपालिकाले कागजरहित सेवाको परिकल्पना गरेको छ । वडा कार्यलयबाट अनलाइन रिर्पोटिङ तथा अनलाइन व्यक्तिगत घटना दर्ता गर्न मिल्ने भएपछि स्थानीयबासीले सुविधाको महसुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *