जबरजस्ती करणीको अभियोगमा कोहलपुरका थापा पक्राउ

कोहलपुर, फागुन १४,

जबरजस्ती करणीमा संलग्न भएको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् ।

कोहलपुर प्रहरीले जबरजस्ती करणीको अभियोगमा कोहलपुर नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० का भोज बहादुर थापालाई पक्राउ गरेको हो । गत शनिबार जङ्गलमा बयर खान गएकी बालिकालाई बलात्कार गरेको आरोपमा थापा पक्राउ परेका हुन् ।

स्थानिय १२ वर्षिया वालिकालाई बलात्कार गरे लगत्तै थापा फरार भएका थिए । बालिका बलात्कार गरी फरार भएका थापाको नाममा बालिकाको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको कोहलपुर प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घटना घटेको तीन दिनपछि प्रहरीले थापालाई बर्दियाको बाँसगढीबाट नियन्त्रणमा लिएको हो ।

चन्दका अनुसरा पक्राउ गरीएका थापालाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *