अछाममा जीप दुर्घटना, एकको मृत्यु, १३ जना घाईते

कोहलपुर, फागुन १३,

अछाममा जीप दुर्घटना परी घाईते भएका मध्ये १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नम्बर ३ तालिका ५० बर्षका राम नेपाली रहेका छन् । नेपालीको टाउँको, अनुहार र छातीमा गम्भिर चोट लागेको थियो । दुर्घटनामा परि जिपमा सवार १३ जना घाईते भएका छन् ।

जीप दुर्घटना हुदाँ ढकारी ६ की करिब ४५ बर्षकी पार्वती सुर्जी, ढकारी ३ तालिकी पारु नेपाली, बालिका धनसरा नेपाली, बालक उज्जले नेपाली, ६२ बर्षिय पहराम बुढा, जीपचालक ढकारी १ का लली नेपाली, साँफेबगरका २५ बर्षिय मुकेश सुनार, कमलबजार नगरपालिका ५ कुईकाका पार्वती गुरुङ रहेका छन् । ढकारी ६ का टिका सुर्जी, कैलाली बौनियाका एकेन्द्र सुनार, सोही ठाउँका पारस सुनार र ढकारी १ का तपेन्द्र बुढा रहेका छन् । उनीहरु सबैको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको अछाम प्रहरीले जनाएको छ ।

घाईते मध्ये पार्वती सुर्जीको अवस्था गम्भिर रहेको छ । उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । जीप मंगलबार करिब १२ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ हात्तिबाँझमा से १ ज ९१० नम्बरको जिप दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *