लोकसेवा तयारी किताव वितरण

दिप्तीशिखा चौधरी, दंगीशरण,
कोहलपुर, फागुन १३,

दंगीशरण गाउँपालिकाले एक कार्यक्रमका बिच लोकसेवा तयारी कक्षा लिईरहेका बिधार्थीहरुलाई लोकसेवा किताव वितरण गरेको छ ।

गाउापालिकामा तीन महिना सम्म संचालन भईरहेको लोकसेवा तयारी कक्षामा सहभागि भएका सहभागीहरुलाई थप अध्ययनमा सहयोग पुग्ने उद्धेश्यले लोकसेवा किताव प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले सहभागिहरुलाई किताव वितरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष चौधरीले गाउँपालिकाले गरेको यो प्रयास सफल बनाउँन लागिपर्न आग्रह गरे । ‘लोकसेवा तयारी कक्षा गाउापालिकाले आवशयक ठानेर कार्यक्रम तय गरेको हो । गाउँतहमा निम्न वर्गका लागि आर्थीक रुपमा भार नपर्ने किसीमले संचालन गरेको हो यसलाई ब्यवहारमा कार्यान्वयन गरि अध्ययनलाई मसीनो तरीकाले अगाडि लग्नुस् उपलब्धि अवश्य हाँसिल हुन्छ । आगामी दिनमा आफनै ठाउँबाट लोकसेवा पास गरेका कर्मचारीलाइृ प्राथमिक्ता दिने हिसावले हामी लाग्नेछौँ ।’ अध्यक्ष चौधरीले भने । यस्तै आज एक महिनाको कक्षा बाट सहभागिहरुमा केहि निखार आएको भन्दै अवका दिनमा किताव बाट थप सहयोग पुग्ने योजना शाखा प्रमुख लेखनाथ आचार्यले बताए ।

दंगीशरण गाउँपालिकाको २०७६ र ०७७ को स्विकृत कार्यक्रम अनुशार पुस २९ गते खरीदार र ना.सु.का लागि सुचना प्रकाशित गरेअनुरुप माघ १७ गतेदेखि जनजातीहरुका लागि तीन महिने लोकसेवा तयारी कक्षा संचालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *