गाउँपालिका उपाध्यक्षलाई गाडी किन्न छुट्याइएको पैसाबाट एम्बुलेन्स

कोहलपुर, फागुन १२,

काभ्रे जिल्ला मात्रै होइन देशका धेरै पालिकाका उपप्रमुखलाई गाडी चड्ने शोख भएको पाइन्छ ।

काभ्रेको रोशी गाउँपालिकाका उपाध्यक्षले भने आफ्नो लागि गाडी किन्न पालिकाले विनियोजन गरेको बजेटले एम्बुलेन्स खरिद गरेर स्वास्थ्य चौकीलाई दिनुभएको छ । उपाध्यक्ष लक्ष्मी बर्तौलाले दुई वटा एम्बुलेन्स खरिद गरेर पालिकाभित्रका दुईवटा स्वास्थ्य चौकीलाई हिजो हस्तान्तरण गर्नुभएको हो ।

एम्बुलेन्स गाउँपालिकाको वडा नम्बर ११ भिमखोरी स्वास्थ्य चौकी र वडा नम्बर ५ को सिसाखानी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *