अत्तरियाका महिलाहरु अटो रिक्सा चलाएर आम्दानी गर्दै

कोहलपुर, फागुन १२,

पछिल्लो समय शहर बजार र पक्की सडक पुगेका ग्रामिण बस्तीहरुमा विद्युतिय रिक्सा सुविधासँगै रोजगारीको साधनको बनेको छ ।

कैलालीको अत्तरियाका महिलाहरु (अटो रिक्सा) विद्युतिय रिक्सा चलाएरै रोजगार बनेका छन् । केही वर्ष यता अत्तरियामा विद्युतिय रिक्साको सङ्ख्या बढेको छ । अनि रिक्सा चालक महिलाको सङ्ख्या पनि बढेको देखिन्छ । काम पाईएन भनेर विदेशिनु भन्दा आफ्नै ठाउँमा अवसर खोजनुपर्ने अत्तरियाका रिक्सा चालक महिलाहरु बताउँछन् ।

अटो रिक्सा अर्थात् विद्युतिय रिक्सा चलाउनेहरुले पार्किङ्को व्यवस्था गर्न सके झनै सजिलो हुने बताएका छन् । साथै विद्युतिय रिक्सा चलाउने महिलाहरुका लागि स्थानीय सरकारले केही सेवा सुविधा दिए झनै राम्रो हुने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *