कैदीबन्दीका परिवारलाई जस्तापाता र दुहुनो भैंसी

कोहलपुर, फागुन १२,

पीडित सेवा संघ दाङले रुकुम पश्चिममा एक कैदीबन्दीका परिवारलाई जस्तापाता र दुहुनो भैंसी सहयोग गरेको छ ।

संघले कर्तव्य ज्यानमुद्दामा कैद भुक्तान गरिरहेका मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङका छबिकुमार विष्टको परिवारलाई जस्तापाता र दुहुनो भैंसी हस्तान्तरण गरेको हो । संघका संयोजक टोबबहादुर महताराले घरमै पुगेर विष्टका श्रीमति तिलसरालाई सहयोग हस्तान्तरण गरे ।

महताराले मुसिकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भिमबहादुर बिष्टको उपस्थितिमा जस्तापाता र भंैसी हस्तान्तरण गरेका हुन् । कतव्र्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका विष्टको परिवार आर्थिक रुपमा विपन्न रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *