देशभर आंशिक बदली रहने, साँझमा पहाडी क्षेत्रमा वर्षाको सम्भावना

कोहलपुर, फागुन ११,

आईतबार देशभर मौसम आंशिक बदली रहने भएको छ ।

हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको स्रूचना अनुसार हाल देशभर आंशिक बदलीको अवस्था छ । आज दिउँसो देशभर आंशिक बदली रहने छ भने साँझपख पहडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति देशभर बदली रहनेछ । पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागका थोरै स्थानहरुमा वर्षा र चट्याङ को सम्भावना रहेको महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदहरुले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *