कोहलपुरमा तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

कोहलपुर, फागुन ३,

बाँकेको कोहलपुरमा तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको हो । कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा कोहलपुर नगरभित्रका ३३ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न १५ विद्याका खेलहरु समावेश गरिएका छन् । यो प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा छनौट गरिने भएको छ ।

जसमा सामुदायिक ११ र संस्थागत २२ वटा माध्यामिक विद्यालय रहेका छन् । ६ सय ५८ जना विद्याथीले खेलकुदमा भाग लिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *