प्रेस युनियन बाँकेको नयाँ नेतृत्व चयन, अध्यक्षमा वली

कोहलपुर, फागुन ३,

नेपाल प्रेस युनियन बाँकेको नयाँ नेतृत्व चयन गरिएको छ ।

जिल्लामा सम्पन्न अधिवेशनबाट प्रेस युनियन बाँकेको नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचन मार्फत अर्जुन वलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो भने सचिबमा बिजय मल्ल रहेका छन् । तीन दिनदेखि लगातार नेतृत्वको लागि भएको सहमति प्रयास भएको थियो ।

अध्यक्ष पदका उम्मेदवार अर्जुन वलीलाई ७७, चेतकान्त भट्टराईलाई ४० र नवीन गिरिलाई ३८ मत परेको थियो त्यसैगरी सचिब पदका उम्मेदवार बिजय मल्ललाई ८८ र प्रीया स्मृति ढकाललाई ६४ मत परेको थियो । जम्मा २ सय ७ मतदाता रहेको बाँके प्रेस युनियनको निर्वाचनमा १ सय ५८ मत खसेको थियो ।

सहमति नभएपछि शुक्रबार बेलुका मतदान गर्नुपरेको थियो । निर्वाचनबाट अध्यक्षमा वली र सचिबमा मल्ल निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि नवीन गिरी, अर्जुन वली र चेतकान्त भट्टराईको उमेद्वारी थियो । भने सचिव पदमा प्रीया स्मृति ढकाल र बिजय मल्लले उम्मेद्वारी दिएका थिए । अन्य पदाधिकारी र सदस्य पदमा भने यस अघि नै निर्बिरोध चयन भइ सकेका थिए । उपाध्यक्ष खुल्लामा समिरमान श्रेष्ठ, उपाध्यक्ष समावेशी र महिलामा बिनयराज त्रिपाठी, सहसचिव समावेशी महिलामा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल चुनिएका छन् ।

सदस्य खुल्लामा रबिन्द्र घिमिरे, रामबहादुर रावत र कमल केसी, सदस्य महिलामा संगीता पाठक (सन्ध्या शर्मा), लक्ष्मी गौडेल, सदस्य जनजातिमा दिपक कुमार राई र गणेश बहादुर राई, सदस्य पिछडिएकोमा नरेन्द्र सिंह र सदस्य मधेसीमा नन्दलाल साहु निर्विरोध चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *