चार महिनापछी नाग्मा गमगढी सडक खुल्यो

कोहलपुर, फागुन ३,

कर्णाली राजमार्गअन्तर्गत रहेको नाग्मा गमगढी सडकखण्ड सञ्चालनमा आएको छ ।

घुच्चीलेखमा रहेको सातमोडमा गएको मंसिर तेस्रो साताबाट परेको हिमपातले बन्द भएको सडक हिजो शुक्रबारबाट सञ्चालनमा आएको हो । गत मंसिरको तेस्रो साताबाट पटक पटकमा हिमपात हुँदा नाग्मा गमगढी सडकखण्ड बन्द भएको थियो ।

सडक बन्द हुँदा मुगुको सदरमुकाम गमगढी बजार र हुम्लामा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि भएको छ । सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन, प्रहरीलगायत अन्य सरोकारवाला निकायको पहलमा बन्द सडक शुक्रबारबाट सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *