शहर पसेका युवा गाउँ फर्केर व्यवसायमा

कोहलपुर, फागुन ३,

सिन्धुपाल्चोकमा युवाहरू कामको खोजीमा शहर पस्ने र विदेश जाने क्रम बढेपछि प्रायः गाउँघरमा उमेर ढल्किएकाहरू मात्रै भेटिन्छन् ।

सिन्धुपाल्चोक थुम्पाखरका युवाले भने गाउँ फर्क अभियान चलाएर जिल्लामै पहिलो पटक व्यवसायिक कालिज पालनमा लागेका छन् । विभिन्न कामको शिलशिलामा शहर पसेका सुनकोशी गाउँपालिका ६, थुम्पाखरका युवाहरू अहिले आफ्नै थलोमा फर्कन थालेका छन् ।

शहर केन्द्रित हुँदा गाउँघर शुन्य हुँदै गएपछि युवाहरू गाउँमै बस्ने उद्देश्य लिएर कालिज पालनको नयाँ व्यवसायमा जुटेको युवाहरू बताउँछन् । युवा व्यवसायी मिलेर जिल्लामै पहिलो पटक कालिज पालन गर्न थालेका छन् । भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि मार्फत् कालिज पालन सुरु गरेका युवाहरूले यो व्यवसायको लागि १३ लाखभन्दा बढि लगानी गरेका छन् । कार्यालय सहयोगी घुस सहित पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *