स्थानीय सरकारको सहयोगमा गाउँमा खानेपानी पुग्यो

कोहलपुर, फागुन ३,

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को माथिल्लो मुलकोट गाउँमा स्थानीय सरकारको सहयोगमा खानेपानी पुगेको छ ।

लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएपछि, पानी खोज्दै शहर पसेकाहरु गाउँ फर्किने अपेक्षा गरिएको छ । ७३ वर्षका नोखि पुनलाई पानीका लागि घण्टौं हिड्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । गाउँमै पानी आएपछि पुन मात्रै होइन, पानी ल्याउनकै लागि दैनिक २÷३ घण्टा समय छुट्याउनुपर्ने बाध्यता हटेपछि गाउँका अरु महिला पनि खुशी छन् ।

तुलसीपुर उपमहानगरपालिका र स्थानीयको करिब २८ लाख लगानीमा मुलकोट गाउँमा लिफ्ट प्रविधिबाट खानेपानी पुगेको छ । भौगोलिक विकटताका कारण माथिल्लो मुलकोटका स्थानीयलाई पानीको साह्रै दुःख थियो । अहिले गाउँमै खानेपानी पुगेपछि नागरिक दङ्ग छन् । स्थानीय दोलखबहादुर पुन अब डोकामा बोकेर पानी ओसार्नुपर्ने बाध्यता हटेको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *