हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु

कोहलपुर, फागुन ३,

पाँचवटा हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ ।

पुस्तकको मूल्य निर्धारण प्रक्रियामा ढिलाइ हुँदा नयाँ कक्षामा पढाइ सुरु गरेका ती जिल्लाका विद्यार्थीले पुस्तक कहिले पाउने हो यसबारेमा भने अन्योलता छ । हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकोले हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङमा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । मुगु र कालिकोट जिल्लाको केही क्षेत्रमा समेत फागुन १ गतेदेखि नयाँ शैक्षिक वर्ष सुरु हुन्छ । ती जिल्लाहरुमा विद्यार्थी भर्नाको लागि १५ दिनको समय तोकिएको छ ।

पछिल्लो सातामात्रै पुस्तकको मुल्यसम्बन्धी शिक्षा विभागबाट प्रस्तुत गरिएको प्रतिवेदन मन्त्रालयबाट स्वीकृत भएकोले पनि पुस्तक छपाइमा ढिलाइ भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *