बाँकेको मौसम बद्ली

कोहलपुर, फागुन ३,

शुक्रबारदेखि बाँकेको मौसम बद्ली भएको छ ।

शुक्रबारदेखि बाँकेमा घाम लागेको छैन । जिल्लमा चिसो हावा चलेको छ । चिसो हावाका कारण जाडो केही बढेको छ । शुक्रबार बिहान बाक्लो हुस्सु लागेको थियो भने शनिबार हुस्सु नलागेपनि घाम भने लागेको छैन ।

राति बादल लागेकाले बिहानको तापक्रम घटेको मौसमविद्को भनाइ छ । शनिबार यस क्षेत्रको मौसम बदली हुने सम्भावना रहेको तर पानी भने कतै पनि नपर्ने मौसमविद्ले बताएका छन् । यस क्षेत्रको मौसम बदली भएपछि चिसो महसुस हुनेछ । पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज, भोलि आइतबार र पर्सि सोमबार कतै पनि पानी नपर्ने मौसमविद्ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *