नरैनापुर गाउँपालीकामा वास समिती गठन

सरला सुबेदी,
कोहलपुर, फागुन ३,

बाकेको नरैनापुर गाउँपालिकामा शुक्रबार सोमबार खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गर्न पालिका स्तरिय समिती गठन भएको छ ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा समिती गठन गरिएको छ । उक्त समितिमा गाउँपालिका उपाध्यक्ष लगायत वडा नम्बर १ देखि ६ सम्मका सबै वडाका वडा अध्यक्ष लगायत खानेपानी सरसफाई समितिका प्रतिनिधी,स्वास्थ क्षेत्रका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधि रहेका छन् ।

भौतिक तथा पुर्वाधार बिकास मन्त्रालय ले प्रदेश नम्बर ५ भरिका सम्पुर्ण पालिका हरुमा “एक घर एक धाराको पहुच “भन्ने लक्ष्य का साथ प्रदेश भरी सम्पुर्ण घरधुरिको अवस्था संकलन,खानेपानी तथा सौचालय को अवस्था बारे जानकारी लिइ एकीकृत वास योजनाको लागि गरिएको आयोजना अन्तरगत आज नरैनापुर गाउँपालिकाले पनि आफ्नो पालिकामा वास योजना बनाउन आज पालिका स्तरिय वास समिती गठन गरेको हो ।प्रदेश सरकारले तीन महिना भित्र वास योजना बनाउन निर्देशन गरेको र वास योजना नबनाउने कुनै पनि पालिकालाई प्रदेश सरकार बाट सहयोग नरहने बताए पछि हतार हतार मा भएपनी वास योजना बनाउनु परेको नरैनापुर गाउपलिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए छन उनले वास योजना बनाउदा स्थानिय सरकारलाई प्रदेश सरकारले पनि केही बजेट सहयोग गरेको भए स्थानिय तहलाई थोरै भएनि सहजता हुने बताए ।

उनले वास योजनाको लागि पहिले कुनै बजेट नछुट्याएको हुनाले वास योजनाको लागि एक महिना सम्म योजना अगाडि बडाउन नसकेता पनि अबका दिनमा बजेट बिनियोजन गरेर प्रदेश सरकारले तोकेको समयमानै वास योजना बनाउने कुरा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *