कोहलपुरमा २५ औं जनयुद्ध दिवस मनाईयो

बिधुत्मा रैका,
कोहलपुर, फागुन १,

सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) ले बिहीबार कोहलपुरमा जनयुद्ध दिवस मनाएको छ ।

जनयूद्ध र जनआन्दोलनका महान सहिदहरुको स्मृतिमा २५ औं जनयूद्ध दिवस कोहलपुरमा भव्य रुपमा मनाईएको हो । नेकपा नगर कमिटी कोहलपुर तथा सहिद स्कृति केन्द्र कोहलपुरको सयूक्त आयोजनामा सहिद स्मृति केन्दको भवनमा मनाईएको हो ।

सहिद स्मृति केन्द कोहलपुरका अध्यक्ष ओम प्रकाश केशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा अनुसासन आयोगका केन्द्रिय सचिब तथा संविधान सभाका सदस्य अशोक रोकाया रहेका थिए । प्रमुख अतिथीको आसनबाट बोल्दै रोकायाले जनयुद्धद्वारा स्थापित कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा अगाडी बढेको बताएका छन् । रोकायाले आफूहरु अब रुपान्तरणमा लागि परिरहेको बताएका छन् । उनले, जनयुद्धले उठान गरेका सवालहरुको सम्बोधन हुन नसकेकाले नेपाली क्रान्तीको झण्डा नयाँ सिराबाट उठाउदै मुलुकमा जनवादी गणतन्त्रसहितको साम्यवादी शासन व्यवस्था स्थापित गर्न आवश्यक रहेको जिकिर गरे ।

रोकायाले जनयुद्धदिवसको शुभकामना दिदैं अहिले सम्मका उपलव्धीको रक्षा गर्न सबैले पहल गर्नु पर्ने धारणा व्यक्त गरे । उनले सहिद परिवार लगायत सम्पूर्ण नेपालीको हक अधिकारको लागि लड्ने बताए । कार्यक्रममा प्रदेश नम्बर ५ कि कृषि मन्त्री आरती पौडेल, प्रदेश कमिटी सदस्य तथा बाँके जिल्ला सचिब प्रकाश सुवेदी, नेकपा नेता नरेन्द्र न्यौपाले लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि सबैले मौन धारण गरि जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि पूर्व माओवादीले मात्रै मनाउने जनयुद्ध दिवस यसपटक पूर्व एमालेसहितको सहभागितामा मनाईएको हो । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको थियो ।

माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा हजारौं नेपालीले ज्यान गुमाएका थिए । फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइँदै आइएको छ ।तुलाराज विष्टको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन बसन्ती अधिकारीले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *