धुलिखेल अस्पतालमा ‘कोभिड–१९’ संक्रमितका लागि उपचार कक्ष स्थापना

कोहलपुर, फागुन १,

काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमितका लागि उपचार कक्ष स्थापना गरिएको छ ।

चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको नोवेल कोरोना भाइरस अर्थात् ‘कोभिड–१९’ को संक्रमण फैलन नदिन भन्दै काभ्रेमा पहिलो पटक उपचारका लागि कक्ष स्थापना भएको छ ।
अस्पतालले चिनमा २ हप्ता वा सो भन्दा बढि समय बिताई नेपाल आउनेहरुका लागि र चिनका पर्यटकहरुका लागि ८ वटा बेडका साथै अत्यावश्यक उपचारका सामग्रीसहितको उपचार कक्ष स्थापना गरेको हो ।

अस्पतालले हेल्थ डेस्क स्थापना गरि रुघाखोकी, उच्च ज्वरोका बिरामीलाई बढी निगरानीमा राख्ने गरेको पनि अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *