याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो

कोहलपुर, फागुन १,

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयनका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता भएको छ ।

पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर पानी ल्याउने काम करिब सम्पन्न हुने अवस्थामा छ । अब दोस्रो चरण अन्तर्गत ३४ करोड लिटर पानी काठमाडांै उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के के सुविधा पाउने भन्ने विषयमा विवाद अन्त्य भएपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुवै नदिबाट पानी पठाएबापत प्रभावित जनताले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र सरोकारवाला समितिकातर्फबाट ९ वटा माग प्रस्तुत गरिएको र ति मागहरु पूरा गर्न समितिले सहमति जनाएपछि सम्झौता भएको हो ।

आयोजना कार्यान्वयन गर्दा स्थानीय सरकार तथा समुदायमा विश्वासको वातावरण सिर्जना हुने र आयोजना समयमै सम्पन्न हुने आधारशिला तय हुने हेतुले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र गाउँपालिका अध्यक्ष टासी लामाबीच संघीय सांसद शेरबहादुर तामाङ र सामाजिक विकास विज्ञ शम्भु प्रसाद कट्टेलको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *