विश्व रेडियो दिवस विषेश कर्यक्रम गरेर मनाइंदै

कोहलपुर, फागुन १,

बिहीबार विश्व रेडियो दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैं छ ।

‘रेडियो र विविधता’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइदैछ । हाल नेपालमा झण्डै आठ सय रेडियोहरू रहेका छन् । देशभर रहेका तीन सय ६० सामूदायिक रेडियोले नागरिकलाई सू सूचित गर्ने र गाउँदेखि केन्द्रसम्म भएका गतिविधिको सूचना दिने काम गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको आब्ह्रानमा हरेक बर्षको फ्रेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउने गरिन्छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालको आयोजनामा सन् २०१२ देखि नै विश्व रेडियो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *