धनगढीमा ट्राफिक प्रहरी बिटको उद्घाटन

कोहलपुर, फागुन १,

दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कैलालीको धनगढी उप महानगरपालिका १९ फुलबारीमा आज ट्राफिक प्रहरी बिटको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

वडामा दैनिक जसो भईरने दुर्घटना लाई मध्ये नजर गर्दै बिटको स्थापना गरिएको हो । ट्राफिक प्रहरी बिटको स्थापना भए पछि वडाका करिब २० हजार स्थानीय लाभाम्बीत बनेका छन् । आफ्नो क्षेत्रमा ट्राफिक प्रहरी बिटको स्थापनाले दुर्घटना न्युनीकरण हुनेमा आफु ढुक्क रहेको रहेको स्थानीयको भनाई छ ।

साधुरो बाटोमा ट्राफिक नियमको पालना नगर्नुले समस्या उत्पन्न भएको छ । बिषेस गरि मदिरा सेवन गरेर सवारी चलाउनाले बढि सवारी दुर्घटना हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *