बन्द अवस्थामा रहेको रौतहटको श्रीराम सुगर मिल्स सञ्चालनमा

कोहलपुर, फागुन १,

बन्द हुन लागेको रौतहटको सबभन्दा ठुलो उद्योग श्रीराम सुगर मिल्स आजदेखी सञ्चालन आएको छ ।

दुई महिना ढिलो गरी रौतहटको मध्य भाग गरुडामा अवस्थित श्रीराम सुगर मिल्स आजदेखी मात्र सञ्चालनमा आएको हो । प्रत्येक वर्ष मंसिरमा नै सञ्चालन हुँदै आएको मिल्स यस वर्ष विभिन्न कारणले गर्दा दुई महिना ढिलो गरी सञ्चानल भएको हो । प्रदेश दुइका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव र उखु उत्पादक संघ रौतहटको प्रयासमा मिल्स ढिलो भएपनि सञ्चालन हुँदा रौतहटका किसान हर्षित भएका छन् ।

उखु किसानको उखु सर्भे समेत गरेर मिल्स सञ्चालन गर्ने समयमा उद्योगपतिले मिल्स सञ्चालन नगर्ने बताएपछि किसान र उखु उत्पादक संघका साथै प्रदेश दुइको सरकार जसरी भएपनि मिल्स सञ्चालन गर्न दवाव सृजना गरेको थियो । उद्योगपतिलाई मिल्स सञ्चालनको लागि चौतर्फी दवाव आएपछि उद्योगपछि गोल्छाले मिल्स सञ्चालन गर्न तयार भएपछि मिल्स सञ्चालनमा आएको छ । गत वर्ष १८ लाख क्वीन्टल उखु क्रसिंग गर्ने लक्ष्य राखेर सञ्चालन गरिएको मिल्सले १४ लाख क्वीन्टल उखु क्रसिंग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *