नेपालकै पहिलो शून्य असुरक्षित गर्भपतन गाउँपालिका घोषणा

कोहलपुर, माघ २९,

तेह्रथुमको छथर गाउँपालिकालाई नेपालकपहिलो शून्य असुरक्षित गर्भपतन गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिका केन्द्र शुक्रबारे बजारमा एक कार्यक्रमको आयोजना गरी नेपालमै पहिलो शुन्य असुरक्षित गर्भपतन गाउँपालिका घोषणा गरिएको हो । यसअघि गाउँपालिकाका ६ वटै वडामा जनचेतनमुलक कार्यक्रम आयोजना गरी सबै वडालाई शून्य असुरक्षित गर्भपतन वडा घोषणा गरिएको थियो ।

असुरक्षित रुपमा हुने गर्भपतन कार्यलाई रोकी सुरक्षित रुपमा गर्भपतन गराउने कार्य अब व्यवहारमै उतारिएको गाउँपालिकाकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *