रुघाखोकीका कारण सिन्धुपाल्चोकमा ८४ बिरामी, कोरोनाको आशंका

कोहलपुर, माघ २९,

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा एक हप्तामै ८४ जना बिरामी परेका छन् ।

जुगल गाउँपालिका ३ साविक गुम्बा गाविस वडा नम्बर ८ वस्तीमा रुघाखोकी र ज्वरोका कारण ८४ जना बिरामी परेका छन् । गाउँमा अत्यधिक ज्वरोले बिरामी पर्न थालेपछि कोरोना भाइरसको आशंका गरिएको छ । माघ २३ गतेबाट टाउको दुख्ने, ज्वरो आउने र रुघाखोकीको लक्षणका कारण हिजोसम्म बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिकाले जनाएको छ ।

जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधि र माक्स खरिद गरी पठाईसकेको छ । बिरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *