कोहलपुरमा नयाँ उद्योग सञ्चालन हुने

कोहलपुर, माघ २९,

बाँकेको कोहलपुरमा नयाँ उद्योग सञ्चालनमा आउने तयारी भएको छ ।

युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रा.लि.ले कोहलपुर नगरपालिका वडा नं. ९ मा बहुआयामीक उद्योग संचालन गर्न लागेको जनाएको छ । युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रा.लि.ले आगामी बैशाख महिनासम्म कोहलपुरमा नयाँ उद्योग संचालन गर्ने भएको छ ।

उद्योगको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त उद्यागले हस्पीटल, हस्पीटालिटी, आरु प्लान्ट तथा डिस्टीलरी सेटअपका सामग्री उत्पादन गर्ने भएको छ । अस्पतालकालागि आवश्यक अत्याधुनिक बेड, डक्टरी औजार, पानी प्रशोधन गर्ने आरु मेसिन, होटलमा प्रयोग हुने सबै सामग्री तथा डिस्टलरी प्रयोजनका ट्याङ्कीहरु समेत उत्पादन गर्ने लक्ष्यका साथ उद्याग सञ्चालन गर्न लागिएको उद्योग सञ्चालकले बताएका छन् ।

उद्योग स्थापनाकालागि ३ करोड बढि लगानी भईसकेको र आगामी दिनमा समेत थप लगानी लाग्ने अनुमान गरिएको छ । ६ कठ्ठा क्षेत्रफलमा उद्योग, गोदाम र प्राविधि कक्ष निर्माण कार्य सम्पन्न भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *