बैजनाथमा दुग्ध उत्पादक सहकारी संस्थाको भवन उद्घाटन

कोहलपुर, माघ २९,

बाँकेको बैजनाथ गाउँपालिका लालपुर दुग्ध उत्पादक सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ ।

गाउँपालिकको वडा नम्बर ६ मा रहेको लालपुर दुग्ध उत्पादक सहकारी संस्थाको भवन मंगलबार उद्घाटन गरिएको हो । मंगलबार प्रदेश नम्बर ५ को भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भवनको उद्घाटन गरेकी हुन् ।

१५ लाख १२ हजार ५ सय १६ रुपैयाँमा लालपुर दुग्ध उत्पादक सहकारी संस्थाको चार कोठे भवन निर्माण गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *