प्रथम मेयर कप खेलकुद प्रतियोगिता नेपालगन्जमा सुरु

कोहलपुर, माघ २८,

बाँकेमा प्रथम मेयर कप खेलकुद प्रतियोगिता २०७६ सोमबारदेखि नेपालगन्जमा सुरु भएको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । नेपालगञ्ज उप महानगरपालिकाको आयोजनामा मंगलप्रसाद माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उप महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

उद्घाटनमा सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ३९ विद्यालयका एकहजार २९५ विद्यार्थीको सहभागिता रहेको छ । बुधबारसम्म सन्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कबड्डी खेलमा प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *