सल्ली खोलामै अलपत्रमा पर्यो तीन सय क्वीन्टल चामल

कोहलपुर, माघ २७,

काठमाडौँ केरुङ, हिल्सा हुँदै सल्ली खोलासम्म आइपुगेको ४ हजार क्वीन्टल मध्ये तीन सय क्वीन्टल चामल सल्ली खोलामा अलपत्र परेको छ ।

नेपाल खाद्य संस्थान सिमकोटमा आर्थिक वर्ष २०७५÷०७६ मा आइपुग्नुपर्ने चार हजार क्विन्टलमध्ये तीन हजार ७०० क्विन्टल पुगेको र बाँकी चामल सल्ली खोलामा नै रोकिएको हो । भदौ महिनाबाट केरुङ हुँदै हिल्सा पुगेको चामल हिल्साबाट भदौ महिनाबाट टिपरबाट सिमकोट ओसार्न थालिएको थियो । हुम्लामा पुस र माघमा हिमपात भएको छ ।

सल्ली खोला उच्च हिमाली गाउँमा पर्छ । हवाई मार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडौँ केरुङबाट स्थलमार्गबाट आउन ६ दिन लाग्छ । हवाई मार्ग भन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भएता पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा सिमकोट गाउँपालिका र खार्पुनाथा गाउँपालिकाका स्थानीयबासीलाई समस्या परेको छ । ठेकेदारको लापारवाही र ढिलासुस्तीले स्थलमार्गबाट सल्लीमा पुगेको चामल सिमकोट नपुगेर बिचबाटोमै अलपत्र परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *