मनाङ र एनआरटीले आईतबार खेल्ने

कोहलपुर, माघ २६,

सहिदस्मार ए डिभिजन लिग अन्तर्गत शनिबार स्थगित भएको मनाङ मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटी० बीच आईतबार प्रतिस्पर्धा हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे सुरु हुनेछ । खराब मैदानका कारण हिजो एपीएफको हल्चोक मैदानमा तय भएको खेल अन्तिम समयमा सारिएको थियो । एन्फाले प्राविधिक कारणले सरेको खेल आज दिउँसो १ बजे एन्फा कम्प्लेक्समै गर्ने निर्णय गर्दै लिगको नयाँ खेल तालिका सार्वजनीक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *