गजल–आँफैलाई सिध्याउँन मान्छे सुरो भयो–पवन लामिछाने

गजल

आँफैलाई सिध्याउँन मान्छे सुरो भयो
सपना बेचर सपना अधुरो भयो

भेटिएको लासको सनाखत भएको छैन
अब हेर्नुछ गाउँमा को टुहुरो भयो ?

त्यो टाकुरा आँफैमा प्राप्ति हैन रहेछ
फर्कन पनि पर्दछ भन्ने कुरो भयो

उता तिम्रो डोली पुगेछ बिशाल महलमा
यता जिन्दगी हेर्दाहेर्दै साँघुरो भयो

दुश्मन फेरिए कतै, मित्र फेरिए कतै
बदल्न नमिल्ने केबल यो पुर्पुरो भयो

पवन लामिछाने
डालस, टेक्सस, अमेरीका

Leave a Reply

Your email address will not be published. Required fields are marked *