विकृति न्यूनीकरणमा लाग्न मुख्यमन्त्री पोखरेलको आग्रह

कोहलपुर, माघ २६,

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान सामाजिक विकृति हटाउने कार्यमा लाग्न आग्रह सञ्चारकर्मीलाई गरेका छन् ।

नवौँ विश्व रेडियो दिवसका अवसरमा दाङको घोराहीमा भएको प्रदेश ५ स्तरीय अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आयोजना तथा अकोराब प्रदेश ५ को संयोजनमा भएको अन्तरक्रियालाई सम्वोधन गर्दै पोखरेलले सामाजिक विकृतिको अन्त्यका लागि सबै रेडियोकर्मीले काम गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *