अमेरिकि संसदमा राष्ट्रपति र सभामुखबीच मनमुटाब

कोहलपुर, माघ २३,

अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनान्ट ट्रम्प र सभामुख न्यान्सी पेलोसीबीच टकरावको स्थिति पैदा भएको छ ।

राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा दुबै सदनको संयुक्त बैठकमै उनीहरूबीचको मनमुटाव सार्वजनिक भएको हो । उनीहरुबीच एकअर्कामा उपेक्षा भएको छ । सम्बोधनका लागि अघि बढ्दै गरेका राष्ट्रपति ट्रम्पसँग सभामुख पेलोसीले हात मिलाउन खोज्दा ट्रम्पले बेवास्ता गरे र ट्रम्पको व्यवहारलाइ सभामुख पेलोसीले पनि सम्बोधनमा फिर्ता गरेको बिबिसिले लेखेको छ ।

यस्तै सभामुख पेलोसीले ट्रम्पले आफूलाई दिएको भाषणको प्रति नै धूजाधूजा बनाएर च्यातर फालिदिएको उल्लेख गर्दै यस घटनालाई अमेरिकी संसदको इतिहासमै बिरलै मानिएको बिबिसिले उल्लेख गरेको छ । हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट आफूविरुद्ध महाअभियोगको प्रस्ताव पारित गरेपछि ट्रम्प पेलोसीसँग रुष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *