यु-१९ एसिया कप : सेमिफाइनलमा नेपाल र अफगानिस्तान भिड्ने, नेपालको संभावना कति ?

काठमाडौं,२८ कार्तिक/नेपाली यू(१९ क्रिकेट टोली पहिलो पटक एसीसी यु(१९ युथ एसिया कपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको छ। तीन पटकको विजेता भारतलाई बंलादेशले ८ विकेटले पारजित गरेपछि आयोजक मलेसियालाई पनि ८ विकेटले नै पराजतित गरेको नेपाल समूह ए को उपविजेता बन्दै अन्तिमा चारमा पुगेको हो। अब सेमिफाइनलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ । समूह ए को उपविजेता बनेको नेपालले समूह बी को विजेता बनेको अफगानिस्तानसँग आगामी शुक्रबार खेल्नेछ।
पहिलो पटक नेपाललाई सेमिफाइनल पूर्‍याएपछि प्रशिक्षक विनोद दासले कठा मेहनतको कारण सफल भएको बताए। ‘सेमिफाइनलमा पुग्नु निकै ठूलो प्राप्ती हो । हामीले निकै राम्रो खेलेका छौँ । हामीले लगातार राम्रो खेलेका छौँ । हाम्रो मेहनतले अहिले नतिजा दिइरहेको छ । परिस्थिति अलि कठीन थियो तर हामीले आफ्नो योजनाअनुसार नै काम गर्यौँ’ प्रशिक्षक दासले भने ‘मलेसियासँग सूरुमा बलिङ राम्रो हुन सकेन तर स्पीनर सुरु गर्ने वित्तिकै हाम्रो खेलमा लय फर्कियो । ब्याटिङमा आक्रामक रणनीति लिएका थियौँ । त्यसैअनुसार खेल भयो ।’ ‘राम्रो प्रदर्शन गरेर सेमिफाइनल पुग्दा धेरै खुशी छौँ। हामीले टुर्नामेन्ट भर एकरुपताको खेल प्रदर्शन गर्‍यौँ। अन्नतस् हाम्रो कठा मेहनतको प्रतिफल पाएका छौँ।’ उनले सेमिफाइनल पुग्ने समिकरण ट्रिक्की भएपनि आफ्नो योजना अनुसार खेल्दै जित हात पारेको बताए। ‘बलिङमा हाम्रो शुरुवात राम्रो हुन सकेन। तर हाम्रो स्पीनरले राम्रो बलिङ गर्दै खेलमा डोमिनेट गरे। ब्याटिङमा पनि हामीले अट्याक गर्ने प्लान बनाएका थियौँ र अनिलले राम्रो ब्याटिङ गरे।’ ‘अफगानस्तान विरुद्धको सेमिफाइनल कठिन हुनेछ।’ दासले भने। ‘उनीहरुले राम्रो प्रदर्शन गर्दै ठूलो टिमलाई पनि हराएका छन्। उनीहरुले हामीलाई राम्रोसँग बुझेका छन्। र हामी पनि सजग छौँ र अन्तिम बल रहदा सम्म फाइट गर्नेछौँ। हामी हाम्रो बेस्ट खेल खेल्नेछौँ।’ नेपाल र अफगानिस्तान बीचको दोस्रो सेमिफाइनल किनरारा ओभलमा नेपाली समय अनुसार ७:१५ बजेदेखि सुुरु हुनेछ। पहिलो सेमिफाइनलमा बिहिबार समूह ए को विजेता बंगलादेश र समूह बी को उपविजेता पाकिस्तानबीच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *