पोखरा– विराटनगर हवाई सेवा सुरु

कोहलपुर, माघ २१,

गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रदेश १ को विराटनगरसम्म हवाइ सेवा सुरु भएको छ ।

सोमबार पोखरा–विराटनगर हवाई सेवा सुरु भएको हो । बुद्ध एयरको १८ सिट क्षमता भएको नाईन एन् ए ई डब्लु जहाजले विराटनगरबाट पोखरा विमानस्थलमा पहिलो उडान गरेर औपचारिक रुपमा उडानको सुरुवात गरेको हो । बुद्ध एयरले अव हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रवार पोखरा—विराटनगर जहाज सेवा सञ्चालन गर्ने जनाईएको छ ।

पोखरा विमानस्थलबाट अहिले काठमाण्डौ, भरतपूर, भैरहवा, मुस्ताङमा उडान हुँदै आएको छ । दुवै प्रदेश पर्यटनको प्रचुर संभावना भएको प्रदेश भएकाले हवाई सेवाको माध्यामबाट पर्यटक अदान प्रदानमा सहयोग पुग्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार र प्रदेश नं. १ सरकारले पोखरा—विराटनगर सीधा हवाइ सेवा सुरुवात गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *