कोरोना भाइरसको सङ्क्रमण नहुनको लागि बाँकेमा सतर्कता

कोहलपुर, माघ २१,

कोरोना भाइरसको सङ्क्रमण नहुनको लागि बाँकेमा सतर्कता अपनाईएको छ ।

जिल्लामा कोरोना भाइरस भित्रिन नदिन नेपाल–भारत सीमा नाका जमुनाहामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । सीमानाका भएर आउजाउ गर्नेको जाँच गर्न हेल्थ डेस्क स्थापना गरिएको हो । डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।

विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको स्वास्थ्य परीक्षण गर्ने छ । यसका लागि दुईवटा इन्फारेड थर्मो्मिटर प्रयोग गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *